Breaking

चितवनमा बस र इभी माइक्रो ठोक्किएर दुर्घटना हुँदा सात जनाको मृत्यु


पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ डडुवामा बस र इभी माइक्रो बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसले लोथरबाट भरतपुरतर्फ आउँदै गरेको माइक्रकोलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको जनााईएको छ । उनीहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।