देश

रास्वपाको ‘क्रेज’ फिर्ता, कांग्रेस–एमाले हैरान, गल्ती सुधार्दै प्रचण्ड, सभामुख गम्भीर संकटमा (भिडियो सहित)


रवि लामिछाने जेलमा रहँदा पनि रास्वपाले संसदमा देखाएको अडान सत्तापक्षका लागि अमर्यादित र समर्थकका लागि ऊर्जाको सञ्जीवनी बुटी बनिरहेको छ । कसैको टाउको फुटाउनु परेको छैन । मुक्का बर्साएको छैन । न मन्त्रीकै बाटो नै छेकेको छ । न कुुर्सी ठोकाठोक गरेको छ । न माइक फुटाउन उद्यत छ । बिल्कुल फरक शैलीमा मुक्का वर्षाएभन्दा ठूलो नैतिकताको प्रहार सत्ता पक्षमाथि गर्दा संख्या सानो भए पनि बाहुबली संख्याको सरकारलाई एक्लो रास्वपा भारी पर्ने अवस्था आएको छ । अर्थात, माउबिनाका मौरी कता गएर हराउँछन् भन्ने चिन्ताका बीच आफ्ना सांकेतिक विरोधलाई सशक्त बनाएको रास्वपा गुुमाएको साख फर्काउँन खोज्दैछ ।