देश

बढ्यो रास्वपाको दबाब, ओलीले बोल्न पाएनन्, रिसायो एमाले, कान्छारामले मन्त्री खोजेपछि सभामुख हैरान (भिडियो सहित)


भिजिट भिसा प्रकरणलाई लिएर निरन्तर प्रतिनिधिसभा बैठकमा विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एउटै बाटो अपनाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक बहिष्कार गर्ने जनाउँदै सदन छाडेका हुन् । यसअघिसम्म रास्वपाको विरोधको शैली फरक थियो । गत मङ्गलबारको बैठकमा निलो स्कार्फ लगाएर सदनमा विरोध जनाउँदा सत्तापक्ष नेपाली कांग्रेसका सांसदले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित गरेका थिए ।