अन्तर्राष्ट्रिय

Iran Israel War : इरान हमलाबाट पछि हटे ट्रम्प, नेतान्याहुमाथि युरोपको दबाब, युद्ध रोकिएला ? (भिडियो सहित)


युद्धको सातौं दिन पनि इरान–इजरायलका राजधानीमा शक्तिशाली मिसाइल आक्रमणको वर्षा भइरहेको छ । एकले अर्काेलाई सक्ने रणनीति अनुरुप अघि बढेका दुवै राष्ट्रले सुरक्षा निकायका भवनदेखि अस्पताल र प्रविधि हुँदै आणविक भट्टीसम्मै निशाना बनाएका छन् । पछिल्लो आक्रमणबाट इरानमा निर्माणाधीन आणविक स्थलका भवनहरूमा क्षति पुगेको छ भने इरानले प्रहार गरेको मिसाइल इजरायली सहर बेरशेबास्थित माइक्रोसफ्ट भवननजिकै खस्दा दर्जनौं मानिस घाइते भएका छन् । आवासीय भवनहरू खण्डहर बनेका छन् ।