देश

दैलेखमा ५० वर्ष पुग्ने ग्यासको भण्डार, भारतमा छायो सन्नाटा, चीनको योजना यसरी भयो सफल (भिडियो सहित)


दश वर्ष अघि २०७२ सालको स्मरण गर्नासाथ धेरैको मानसपटलमा विनाशकारी भूकम्प र भारतले लगाएको अघोषित नाकाबन्दीको पीडादायी तस्बिर आइहाल्छ । त्यसबेला आमनेपालीको भान्सादेखि सडकसम्म प्रत्यक्ष प्रभाव परेको थियो । सवारी साधनमा हाल्ने पेट्रोल, डिजेलको अभावमा रित्तो जर्किन बोकेर भौँतारिनुपर्ने बाध्यता होस् वा एउटा ग्यास सिलिन्डर भर्नका लागि चुकाउनुपरेको मूल्य, त्यो सकसपूर्ण विगत नेपालीले चाहेर पनि बिर्सन सक्दैनन् । हो, दोस्रो जनआन्दोलनको सबैभन्दा ठूलो उपलब्धि नेपालको संविधान २०७२ जारी हुँदाको उत्साह सेलाउन नपाउँदै खेप्नुपरेको नाकाबन्दीले पेट्रोलियम पदार्थमा परनिर्भरताको सबैभन्दा ठूलो चुनौती उजागर ग¥यो । तर, हरेक चुनौतीले अवसरको ढोका पनि खोल्छ भनेझैँ, त्यही सङ्कटले जन्माएको अवसरको सुखद परिणाम एक दशकपछि दैलेखको जलजलेमा देखिएको छ ।