Breaking

अन्ततः बालेन–सुनिताको मिलन, महानगरको गाँठो फुक्यो, वडाध्यक्ष सहमत, बालेनमाथि अख्तियारको तरबार(भिडियो)


काठमाडौं—पछिल्लो समय केन्द्र सरकारदेखि राजावादी हुँदै महानगरभित्रका समस्याले घेरिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफैँले वडाध्यक्षदेखि उपमेयर सुनिता डंगोलसँग सम्बन्ध सुधारको प्रयास गर्दै महिनौँपछिको संवादहीनता तोडेका छन् ।

मेयर बालेन र उपमेयर डंगोलबीच लामो समयपछि बुधबार घण्टौँ लामो ‘वान–टु–वान’ वार्ता भएको छ । जहाँ मेयर बालेन र उपमेयर डंगोलले एकअर्काप्रतिका गुनासा पोख्दै मन माझमाझको प्रयास गरेका छन् । छलफलमा बालेनले आफूलाई एक्ल्याउन खोजिएको भन्दै उपमेयर डंगोलसामु दुखेसो गरेका थिए ।