Breaking

नगरसभा र कार्यपालिका बैठक बोलाउन मेयर बालेन सहमत


 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) कार्यपालिका बैठक र नगरसभा बोलाउन सहमत भएका छन् । बुधबार (जेठ २८) उपमेयर सुनिता डंगोलसहित फरक पाटीका तीन वडाध्यक्षसँगको भेटवार्तापछि उनी बैठक बोलाउन सहमत भएका हुन् ।

महानगरका प्रवक्ता नवीन मानन्धरले ६ महिनादेखि रोकिएको नगरसभा र कार्यपालिका बैठकको प्रक्रिया अब अघि बढाइने विश्वास व्यक्त गरे ।

महानगर स्रोतका अनुसार, सुरुमा उपमेयर र तीन वडाध्यक्षसँग भेटवार्ता भएको थियो । त्यसपछि मेयर र उपमेयरबीच छुट्टै वार्ता भएको थियो ।