अफ्रिकी मुलुक भन्नेबित्तिकै हाम्रो मानसपटलमा के आउँछ ? सायद गरिबी, भोकमरी, अभावै अभावले जेलिएको त्यहाँका मानिसहरूको दैनिकी । तर, पछिल्ला केही महिनायता एउटा पात्रले सिंगो अफ्रिकालाई फरक ढंगले चिनाइरहेका छन् । उनी हुन् बुर्किना फासोका ३७ वर्षीय युवा राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे । ट्राओरे चर्चामा आउनुका कारणहरू निम्न छन् ः
पहिलो, विश्वका महाशक्ति राष्ट्रहरू चीन, रुस र उत्तर कोरियासँग उनको उठबस
क्याप्टेन इब्राहिम ट्राओरे अफ्रिकी मुलुक बुर्किना फासोका युवा राष्ट्रपति हुन् । उनलाई खासै धेरैले चिन्दैनथे । तर, आफ्नो देश परिवर्तन गर्ने उद्देश्यसहित अघि बढेका उनले विश्व व्यवस्थालाई नै चुनौती दिइरहेका छन् भन्दा फरक पर्दैन । राष्ट्रपति पद सम्हालेको तीन वर्षमा ट्राओरेले बुर्किना फासोको विकासमा मारेको फड्को र पछिल्लो समय विश्व महाशक्ति चीन, रुसदेखि उत्तर कोरियासँग उनको उठबसले विश्वको ध्यान तानेको मात्र होइन, उनी चर्चाको शिखरमा समेत छन् । केही दिनअघि मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वयमले ट्राओरेसँग टेलिफोन वार्ता गरेलगत्तै बुर्किना फासोको भ्रमण गरेको खुल्न आएको छ । यसअघि गत मे ९ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्राओरेलाई गरेको स्वागतको चर्चा अझै सकिएको छैन । पुटिनले उनलाई रेड कार्पेट मात्र बिछ्याएनन्, बडो उत्साहका साथ मस्कोमा स्वागत गरेका थिए ।
ट्राओरेले पुटिनसँगको उच्चस्तरीय द्विपक्षीय वार्तामा ‘हामीलाई सहयोग होइन, मेसिन दिनुहोस्’ भनी अनुरोध गरेका थिए । अर्कोतर्फ, उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले ट्राओरे र उनको सत्ताको सुरक्षाका लागि सात सय उत्तर कोरियाली एलिट कमान्डो बुर्किना फासो पठाएका छन् । सन् १९६० देखि नै फ्रान्ससँग सैन्य सहकार्य गर्दै आएको बुर्किना फासोको सत्तामा ट्राओरे आउनासाथ फ्रान्सेली सैन्य उपस्थितिको आधिकारिक अन्त्य गरेका थिए । आन्तरिक रूपमा विभिन्न आतंकवादी समूहसँग युद्ध लड्दै आएको बुर्किना फासो रुसी सेनासँग सहकार्य गरेर युद्ध लडिरहेको छ । लामो समयदेखि पश्चिमा मुलुकहरूको प्रभाव रहेको अफ्रिकामा कम्युनिस्ट शक्तिहरूको बढ्दो प्रभावका कारण अमेरिका र युरोपको समेत ध्यान तानेको छ । अमेरिका, फ्रान्स र बेलायतजस्ता महाशक्ति देशहरू अहिले बुर्किना फासोलाई बेवास्ता गर्न नसक्ने अवस्थामा छन् ।
दोस्रो, पश्चिमाहरूको चर्को विरोध
राष्ट्रपति ट्राओरेकै रणनीतिक योजनाअनुरूप विभिन्न सिलसिलामा बुर्किना फासो पुगेका पश्चिमी मुलुकका प्रतिनिधिहरूलाई जासुसी गरेको आरोपमा नियन्त्रणमा लिइएको समाचारहरू सार्वजनिक भइरहेका छन् । केही दिनअघि मात्र पश्चिमा मुलुकका माइनिङ कम्पनीका सीईओहरूलाई पक्राउ गरिएको उल्लेख छ । सन् २०२४ मा ट्राओरेले केही विदेशी कम्पनीहरूबाट खानी अनुमति फिर्ता लिने घोषणा गरेका थिए । साना निजी सुन उत्पादकहरूको निर्यातपत्र निलम्बन गर्दै दुई सुन खानीलाई झन्डै ८ करोड डलर दिएर राष्ट्रियकरण गरिसकेका छन् । बेचिएका सुन खानीलाई सरकारले नै खरिद गर्ने गरेको छ । बुर्किना फासो विश्वको सुन उत्पादन गर्ने मुख्य देशहरूमध्ये पर्छ । दशकौँदेखि अफ्रिकामाथिको पश्चिमा प्रभावलाई उल्टाउने कसरतमा छन् । पश्चिमा मुलुकहरूले आफ्नो स्वार्थ पूरा गर्न अफ्रिकामाथि शोषण गरेको आरोप लगाउँदै आएका छन् । विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा ट्राओरेले पश्चिमा मुलुकहरूको खुलेरै विरोध गर्ने गरेका छन् ।पश्चिमा मुलुकलाई अपदस्थ गर्दै कम्युनिस्ट मुलुकहरूको सहयोगमा अफ्रिकी भूराजनीतिलाई नै पुनर्लेखन गर्ने दिशाउन्मुख देखिन्छ । जसले गर्दा पश्चिमा मुलुकहरूसँग उनको कूटनीतिक सम्बन्ध खस्किँदो छ ।
तेस्रो, बुर्किना फासोको विकासमा कायापलट
सन् २०२२ मा राष्ट्रपति बनेका ट्राओरेको आगमन त्यहाँका जनताका लागि जीवन बदल्ने अवसर बनेको छ । यसबीच बुर्किना फासोको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा भएको बढोत्तरीलाई लिन सकिन्छ । ‘जीडीपी’ १८ अर्ब ८० करोडबाट बढेर अहिले २२ अर्ब १० करोड पुगेको छ । राष्ट्रपति ट्राओरेले फिल्मी शैलीमा बुर्किना फासोको स्वरूप फेरिरहेका छन् । भौतिक पूर्वाधार विकास, औद्योगिक क्षेत्रको विकास, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा ठूलो फड्को मारेका छन् ।
(बाकि भिडियोसहित)
प्रतिक्रिया