अन्तर्राष्ट्रिय

इजरायलको आक्रमण सामना गरिरहेको गाजामा खानेकुराको हाहाकार


काठमाडौं—इजरायलको आक्रमण सामना गरिरहेको उत्तरी गाजाको मुख्य सहरमा अराजकता र लुटपाट मच्चिएको छ। केही हप्तादेखि त्यहाँ अत्यावश्यक सहायता पुग्न सकेको छैन। स्थानीय प्यालेस्टिनीहरू खानाको खोजीमा भौंतारिरहेका छन्।

व्यवस्था कायम राख्न र ‘लुटेरा’विरुद्ध खटिएका सात प्रहरी इजरायली हवाई आक्रमणमा मारिएको हमासद्वारा सञ्चालित गृह मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले गाजामा आतंकवादी लुकेका ठाउँहरूमा आक्रमण गरिरहेको दाबी गरेको छ । निरन्तरले युद्धले गाजामा जनजीवन कष्टकर बनेको छ । इजरायल भने थप आक्रामक बनेको छ ।