राजनीति

पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार र वातावरणीय सुरक्षा सरकारको प्राथमिकतामा छ : मन्त्री पाण्डे


काठमाडौं—संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिवद्ध रहेको बताए ।

मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतु भएको उल्लेख गरे । हिमालहरूको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताए । हिमाली सस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता रहेको बताए । मन्त्री पाण्डेले जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली भविष्य संकटमा परेको उल्लेख गरे ।