Breaking

लेखा समितिको बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरूको नोकझोक


काठमाडौं—प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलका सांसदहरूबीच नोकझोक चलेको छ । आज समितिको बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूबीच केहीबेर नोकझोक चलेको हो । वैठकमा नेकपा एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताएका छन् ।

बैठकमा बोल्दै उनले प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताए । उनले प्रतिवेदन बनाउन धेरै मेहनत भएपनि कहै अपूरो रहेको बताए। उनले विमानस्थलको सम्झौता, ह्याण्ड्ओभर, चाभी हस्तान्तरणबारे पनि अध्ययन जरुरी रहेको बताए ।

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको बताएका छन् । उनले महंगो ब्याजमा ल्याएको ऋण नेपाली जनताको थाप्लोमा बोकाएर चुपचाप बस्ने परम्परा स्थापित गर्न नहुने बताए ।

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी रकम वार्ताद्वारा भ्रष्टाचार भएको बताएका छन्। १४५ मिलियनमा बन्ने एयरपोर्ट रातारात २१६ मिलियन पु¥याइएको बताउँदै ७१ मिलियन रकम खुलम खुला भ्रष्टाचार भएको बताए।