काठमाडौँ । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले गभर्नरको कार्यभार सम्हाल्दै नयाँ नोट छाप्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्।
आजै शपथ लिएका उनले बालुवाटारस्थित राष्ट्र बैंक पुगेर गभर्नरको कार्यभार सम्हालेका हुन्। उनले ५ सय र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
यस्तै, पौडेलले पदभार ग्रहण गर्दै बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिक्रिया दिए। त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था परिमार्जन गरिने उनले प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया