राजनीति

कांग्रेस-एमालेकै सांसदले सदन किन बहिस्कार गर्छन ? (भिडियोसहित)


काठमाडौँ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले समसामायिक र आ–आफ्नो निर्वाचन क्षेत्र केन्द्रित विविध विषयमा धारण प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भए पनि सदनको कारबाहीले भने निरन्तरता पाएको हो ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम मंगलबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो । नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्तिमा प्रधानमन्त्री अल्झिएपछि स्वास्थ्यको कारण देखाउँदै प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा उपस्थिति नभएपछि सदनका अन्य कारबाहीले भने निरन्तरता पाएको हो ।