काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो । न्यायाधीश नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले आज रविको प्रत्यक्षीकरण निवेदनमाथि सुनवाई नहुने भएको जनाइएको छ ।
आज बहस सकिएर आदेश आउने रास्वपाका कार्यकर्ताको आश थियो । तर, मुद्धाको सुनुवाइ नै नहुने भएको छ । मङ्गलवार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।
प्रतिक्रिया