काठमाडौँ – न्यूजील्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पीटर्स नेपाल भ्रमणमा आउने भएका छन् ।
परराष्ट्र मन्त्री पीटर्स यसै हप्ता नेपालसहित विभिन्न देशको भ्रमणमा आउन लागेका हुन् । उनी मई २३ देखि ३१ सम्म नेपालसहित अष्ट्रेलिया, श्रीलंका र भारतको भ्रमण गर्नेछन् ।
पीटर्सले सबैभन्दा पहिले अष्ट्रेलियाको अडिलेड यात्रा गर्नेछन्, जहाँ उनी अष्ट्रेलियाली समकक्ष पेनी वोंगसँग परराष्ट्र मन्त्रीस्तरीय छलफलमा भाग लिनेछन् ।
त्यसपछि पीटर्स दक्षिण एशियातर्फ जानेछन्, जसअन्तर्गत श्रीलंका, नेपाल र भारतको भ्रमण गर्ने छन् ।
प्रतिक्रिया