Breaking

हराए एमालेका मन्त्री, ओलीको निर्देशन नै टेर्दैनन् (भिडियो)


काठमाडौँ । सरकारको दश महिनामा उल्लेख्य प्रगति हुन नसकेको भन्दै सहयात्री कांग्रेसले नै तीव्र आलोचना गरिरहेको छ । यस्तो अवस्थामा सरकार बन्दा जाँगरिला देखिएका मन्त्री समेत ओझेलमा पर्दै जान थालेका छन् ? के गर्दैछन् त एमालेका मन्त्री ?

सरकार ढल्यो, ढल्नै लाग्यो भन्दाभन्दै १० महिना बितेको छ । तर, यो बीचमा प्रतिपक्षी र सर्वसाधारणले मात्र सरकार ढल्ने भविष्यवाणी गरिरहेका थिए । अहिले भने सत्तारुढ कांग्रेसकै नेताहरु प्रधानमन्त्री ओली र सरकारको कार्यशैलीमा तीव्र असन्तोष राखिरहेका छन् ।