Breaking

गभर्नरमा विश्व पौडेलले यसरी मारे बाझी, देउवा–ओलीको सहमतिले फास्ट ट्रयाक (भिडियो)


काठमाडौँ – नेतृत्वविहीन भएको ४७ औँ दिन नेपाल राष्ट्र बैंकले गभर्नर पाएको छ । लामो राजनीति रस्साकस्सीपछि सत्तारुढ गठबन्धनले मंगलबार राष्ट्र बैंकको गभर्नर टुङ्गो लगाएको हो।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर चौतर्फी आलोचित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमत प्राप्त शक्तिशाली सरकारले अन्ततःटुंगो लगाएको छ । मुलुकको आर्थिक तथा वित्तिय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले झन्डै डेढ महिनापछि नेतृत्व पाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा कांग्रेस निकट प्राध्यापक डाक्टर विश्वनाथ पौडेलराष्ट्र बैंकको १८ औँ गभर्नरमा नियुक्त भएका छन् । गभर्नर नियुक्तिमा सहमति जुटाउनकै लागि पटक पटक भेट गरेकाप्रधानमन्त्री ओली र कांग्रेससभापति देउवाले मंगलबार गभर्नर सिफारिस समितिका अध्यक्ष उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई समेत राखेर गरेको छलफलपछि पौडेलको नाममा सहमति जुटेको थियो ।