काठमाडौं—गभर्नर सिफारिस समिति बैठक सुरू भएको छ। अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक सुरु भएको हो ।
समिति बैठकले गभर्नरको लागि तीन जनाएको नाम सिफारिस गर्ने तयारी छ। गभर्नरमा प्रा.डा. विश्व पौडेल नियुक्ति गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएको छ।
अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्।
चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ। डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए।
प्रतिक्रिया