अन्तर्राष्ट्रिय

India-Pak War : पाकिस्तानको ढाल बन्दै चीन, हतियारदेखि विकाससम्म साझेदारी(भिडियो)


काठमाडौं—भारतसँगको सैन्य संघर्ष र युद्धविरामपछि पाकिस्तानका विदेशमन्त्री इस्हाक दार तीनदिने भ्रमणका लागि चीन भ्रमणमा निस्किँदैछन् । उनले चीनका विदेशमन्त्री वाङ यीसँग दक्षिण एसियाली क्षेत्रमा परिवर्तनशील परिस्थिति र यसले शान्ति तथा स्थिरतामा पार्न सक्ने प्रभावबारे छलफल गर्ने तय भएको छ ।

दुबै पक्षले पाकिस्तान–चीन द्विपक्षीय सम्बन्धको समीक्षा गर्नेछन् । पकिस्तान र चीनबीच नजिकको सम्बन्ध रहँदै आएको छ ।