Breaking

रवि जोगाउने युद्ध मोर्चा : सोविताको कमाण्ड, कारागारको वार्ता,इजलासदेखि संसदको टेबुलसम्म(भिडियो)


काठमाडौं—न्यायपालिकाको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै संसदमै प्रश्न उठाउने यी पात्र हुन राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपाकी सांसद सोविता गौतम । अधिवक्ता समेत रहेकी गौतमले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै अदालतले कानुनी प्रक्रिया मिचेको आरोप लगाईन् ।

आफ्ना सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिसोध साधिएको भन्दै आक्रमक रुपमा प्रस्तुत हुँदै आएकी उनले संसदबाटै अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थालेमा मुलुकमा विधिको शासन कायम हुन नसक्ने टिप्पणी गरिन्। ।

सूर्यदर्शन सहकारी वचत हिनामिना प्रकरण मुद्दामा लामिछाने पक्षलाई पेसी तोकिएको सूचना नै नदिई उच्च अदालत पोखराले बिहीबार एकतर्फी सुनुवाइ अघि बढाएको समाचार सन्दर्भमा उनले न्याय सम्पदान हुनुअघि नै न्यायिक प्रक्रियाको हत्या भइरहेको बताईन् ।