राजनीति

रविका कारण न्यायालयमाथि नै प्रश्न,रास्वपाले देख्यो सत्ताको छाया,यी प्रकरणको उल्झनमा अदालत(भिडियो)


काठमाडौं—‘नेपालको कानुन दैैवले जानुन्’ भन्ने युक्ति अहिले नेपाली न्याय क्षेत्रमा ठ्याक्कै मेल खाएको छ । एउटै प्रकृतिको मुद्दामा कसैमाथि मुद्दै नचल्ने, कसैलाई थुनेको थुन्यै गर्ने । कसैको मुद्दा सुनुवाइमै महिनौँ लाग्ने त कसैको फास्ट ट्रर्याकमार्फत धरौटीमा छाड्ने प्रवृत्ति यसका केही उदाहरण हुन् ।

नेता जोडिएका सहकारी ठगीदेखि तीनकुने घटनासम्ममा अभियोजन प्रकृयामा बारम्बार प्रश्न उठेको छ । सबैतिरबाट ठगिए नागरिकले अन्तिम पटक न्याय खोज्न जाने ठाउँ अदालत हो ।