राजनीति

अब ६८ बर्षमै वृद्धभत्ता,प्रश्नले घेरिए गृहमन्त्री,कृषिमन्त्रीका टालटुले जवाफ, तीनकुनेमा रास्वपाको चासो(भिडियो)


काठमाडौं—मन्त्री र प्रधानमन्त्रीसँग सांसहरुको प्रत्यक्ष प्रश्नोत्तर प्रतिनिधिसभाको नियमावलीमै छ । त्यसैअनुसार सोमबार संघीय संसदमा सांसदले प्रश्न सोध्ने र मन्त्रीहरुले जवाफ दिने क्रम चल्यो ।

सो क्रममा रास्वपा सांसद सोविता गौतमले गत चैत १५ गते तीनकुने घटनाको क्षतिपूर्ति स्थानीयहरूले कहिले प्राप्त गर्छन् ? गोली लागि घाइते भएकाहरुको अवस्था के छ ? र राज्यले कस्तो सहयोग गरिररहेको छ भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरिन् । गृहमनत्रीले जवाफ दिँदा समेत पूरक प्रश्नको क्रम चल्यो । यो सवाल–जवाफको दृश्य रोचक देखिन्थ्यो ।