काठमाडौं—सत्तामै रहेर नेपाली कांग्रेस र एमाले एक अर्कामा तालमेल मिलाउन सकिरहेका छैनन् । पार्टिगत रुपमा यी दलका नेताहरु एर्काविरुद्ध आरोप प्रत्यारोप मै उत्रिदा सत्ता ढाल्ने पक्षमा भने उनीहरु छैनन् । सरकारको समीक्षा कांग्रेसमा अलगअलग ढंगले भइरहेको यहि अवस्थाका कारण फलत ः न त सरकारले काम गर्न नसक्ने न निकास निस्कने अवस्था दुवै बन्न सकेको छैनन् ।
अवस्था कस्तोसम्म छ भने महामन्त्री गगन थापा त उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमै उपस्थित हुन छाडेका छन् भने सरकारको निति तथा कार्यक्रममा समेत उनले कुनै धारणा राखेनन् ।
त्यस्तै डा.शेखर कोईराला पक्ष समेत सरकारलाई प्रश्न गर्ने अग्रस्थानमा रहँदा उर्जाराज्यमन्त्रीबाट कान्छाराम तामाङको वर्खास्ती र मोहन बस्नेतमाथिको मुद्धाले संस्थापन पक्ष समेत असन्तुष्ट छ । जहाँ स्वर्णिम सहकारी ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईत संसदीय समितिको बैठकमै रुएकी थिईन् ।
प्रतिक्रिया