काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले युद्धविराम अन्त्यका लागि ‘तुरुन्तै’ वार्ता सुरु गर्ने बताएका छन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी गरेको जानकारी दिएका हुन् । पुटिनसँगको कुराकानी धेरै राम्रो भएको उनको दाबी छ ।
‘रुस र युक्रेनले तुरुन्तै युद्धविरामका लागि वार्ता सुरु गर्नेछन् र अझ महत्त्वपूर्ण कुरा युद्धको अन्त्य गर्नेछन्, जसका सर्त दुई पक्षबीचको सहमतिले निर्धारण गरिनेछ।’, ट्रम्पले भनेका छन् ।
ट्रम्पले यसबारे युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि जानकारी गराइएको बताए । उता पुटिनले पनि शान्तिका लागि रुस युक्रेनसँग सम्झौताका लागि छलफल गर्न तयार रहेको बताएका छन्।
यद्यपि, सम्झौतामा के कस्ता कुरा समावेश हुनेछन् भन्ने कुरा उनले स्पष्ट पारेका छैनन् ।
प्रतिक्रिया