समाचार

लगातार ६ दिन घटेको सेयर बजार आज भने बढ्यो


काठमाडौं—अघिल्लो दिनसम्म लगातार ६ दिन घटेको सेयर बजार आज भने बढेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.३० अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६२८ मा कायम भएको छ ।

नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ५० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३५ करोडको भयो । १८५ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने दुईको स्थिर रह्यो ।

आज होटल तथा पर्यटन सेक्टर १.२४ प्रतिशत घट्यो भने अरु सबै बढे । रकमका आधारमा आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप र युनिभर्सल पावर छन् ।