काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी बलियो हुँदा देश बलियो हुने बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानका क्रममा आइतबार दैलेखमा आयोजित सभामा प्रचण्डले माओवादी बलियो हुँदा दलित, मजदुर, महिलाहरु बलियो हुने बताए ।
माओवादी बलियो हुँदा देश बलियो हुने भएकैले आफू ३० वर्षको जवान जस्तोगरी दौडिरहेको उनले बताए । अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग माओवादीको प्रस्तावमा बनेकाले पनि पार्टीले अभियान चलाइरहेको उनले बताए ।
प्रतिक्रिया