काठमाडौं—रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आइतबार सुन बरामद भएको जानकारी दिए ।
उनकाअनुसार सात वटा बिस्कुट बरामद भएको हो। एक जना गाडी चालकबाट उक्त सुन बरामद भएको हो। जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीका अनुसार अन्दाजी सात किलो ६५३ ग्रामको सुन जस्तो पहेँलो धातु बरामद गरेको बताए।
बा ४ ख ६२०१ नम्बरको गाडी केरूङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो साढे १ बजे प्रहरीले बरामद गरेको हो। प्रहरीले चालकको परिचय खुलाइसकेको छैन। प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेका छौं।
प्रतिक्रिया