देश

राजावादीलाई अन्तिम मौका, हृदयेन्द्र्रको इन्ट्री, गणतन्त्रवादीलाई जेठ १५ को चासो (भिडियो)


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको विगतको सत्ता शासनबाट आजित भएका देखि पूर्व युवराज पारस शाहको वर्तमानबाट दिक्क भएकाहरूपनि उनका छोरा हृदयन्द्र शाहमा भने केही आश देख्छन् ।

आमा हिमानी शाहको नामबाट सञ्चालित हिमानी ट्रष्टको कार्यक्रमहरूमा मात्रै देखिदै आएका हृदयन्द्र लामो समय देखि अमेरिकामा अध्ययनरत छन् । तर, अमेरिकामा रहँदा नै कलाकारदेखि प्रधानमन्त्रीसम्मले टिप्पणी गर्दा नेपालमा बहसको केन्द्र भागमा परेकातिनै हृदयन्द्र शनिवार बिदामा स्वदेश फर्किएका छन् ।

अमेरिकाको बोस्टनमा स्नाकोत्तर गरिरहेका उनी छुट्टिमा आउँदा पनि राजावादीहरूमा भने अहिले एक खालको उत्साह छाएको देखिन्छ । हृदयन्द्रको आगमनलाई आफ्नो अभिभावक आएको महसुस गरेका राजवादीहरूले साङ्केतिक रुपमा जेठ १५ कै पूर्वतयारीका रुपमा अ¥थ्याउन थालेका छन् ।


यद्यपी हृदयन्द्रको आवागमन संयोग हो कि, जेठ १५ गतेको तयारी भन्ने स्वतन्त्र पुष्टि भएको छैन । राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र पछि उनको उतराधिकारीको रुपमा नातिलाई देखाउने गरेका छन् । पारसमा राजर्शी ठाड नदेखिएको र गद्दी सम्हाल्ने स्वभाव र ल्याकत नदेखिएपछि ज्ञानेन्द्रपछि हृदयन्द्रको नाम चर्चामा छ।

चैत्र १५ को आन्दोलनले हिंसात्मक स्वरुप लिएपछि नैतिक रूपमा केही दबावमा परेका राजावादीहरू पूर्वराजा ज्ञानेन्द्रले १२ दिनसम्म नगरकोटमा देखाएको सक्रियतापछि एक ढिक्का भएका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट राजसंस्था पुनःस्थापनाका लागि निर्णायक र गद्दीमा नबसाल्दासम्म अनवरत आन्दोलन सुरु गर्ने घोषणा गरिसकेको छ ।

राप्रपा र राप्रपा नेपालसहित सबै राजावादी शक्तिहरू मिलेर पहिलो पटक एकीकृत आन्दोलन गर्न लागेको समितिले राजालाई गद्दीमा नबसाल्दासम्म आन्दोलन नरोकिने दाबी गरेको छ । तर, यता राजावादीहरू जति आक्रामक हुन्छन् त्यो भन्दा बढी गणतन्त्रवादीहरूले बोली र व्यवहारबाट काउण्टर दिइरहेका छन् ।

राजा, हिन्दू धर्म मान्छु, सङ्घीयता खारेजी जस्ता विचार बोकेकै कारण सरकारले प्रताडित गरिरहेको आरोप राजावादीको छ । सरकारले नेपालको संविधानको निरन्तर उल्लङ्घन गर्दै आस्थाका बन्दीहरूलाई विचारकै कारण निषेधको राजनीति गर्ने हो भने विद्रोहमा जाने र त्यो बाटो जंगल पस्ने अवस्था सम्म हुन सक्ने चेतावनी दिन थालेका छन् ।

राप्रपका महामन्त्री तथा सांसद धवलशम्शेर राणा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतका केही नेताहरू रिहा भए पनि अझै राजातन्त्रप्रति आस्था राख्ने वा राप्रपासँग आबद्ध नेताहरूको धरपकड जारी नै छ । गत आइतबार शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको प्रहरीले शुक्रबार फेरि राप्रपा सम्बद्ध प्रजातान्त्रिक युवा सङ्गठनका केन्द्रीय अध्यक्षलाई नियन्त्रणमा लिँदा राजसंस्थाप्रति आस्था राखेकै आधारमा खोरमा राखेको पार्टीका नेताहरूले आरोप लगाउने गरेका छन् ।

राजावादीलाई अन्तिम मौका, हृदयेन्द्र्रको अकस्मात इन्ट्री, गणतन्त्रवादीलाई जेठ १५ को चासो(भिडियो)

काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहको विगतको सत्ता शासनबाट आजित भएका देखि पूर्व युवराज पारस शाहको वर्तमानबाट दिक्क भएकाहरूपनि उनका छोरा हृदयन्द्र शाहमा भने केही आश देख्छन् । आमा हिमानी शाहको नामबाट सञ्चालित हिमानी ट्रष्टको कार्यक्रमहरूमा मात्रै देखिदै आएका हृदयन्द्र लामो समय देखि अमेरिकामा अध्ययनरत छन् । तर, अमेरिकामा रहँदा नै कलाकारदेखि प्रधानमन्त्रीसम्मले टिप्पणी गर्दा नेपालमा बहसको केन्द्र भागमा परेकातिनै हृदयन्द्र शनिवार बिदामा स्वदेश फर्किएका छन् । अमेरिकाको बोस्टनमा स्नाकोत्तर गरिरहेका उनी छुट्टिमा आउँदा पनि राजावादीहरूमा भने अहिले एक खालको उत्साह छाएको देखिन्छ । हृदयन्द्रको आगमनलाई आफ्नो अभिभावक आएको महसुस गरेका राजवादीहरूले साङ्केतिक रुपमा जेठ १५ कै पूर्वतयारीका रुपमा अ¥थ्याउन थालेका छन् ।
यद्यपी हृदयन्द्रको आवागमन संयोग हो कि, जेठ १५ गतेको तयारी भन्ने स्वतन्त्र पुष्टि भएको छैन । राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र पछि उनको उतराधिकारीको रुपमा नातिलाई देखाउने गरेका छन् । पारसमा राजर्शी ठाड नदेखिएको र गद्दी सम्हाल्ने स्वभाव र ल्याकत नदेखिएपछि ज्ञानेन्द्रपछि हृदयन्द्रको नाम चर्चामा छ।

चैत्र १५ को आन्दोलनले हिंसात्मक स्वरुप लिएपछि नैतिक रूपमा केही दबावमा परेका राजावादीहरू पूर्वराजा ज्ञानेन्द्रले १२ दिनसम्म नगरकोटमा देखाएको सक्रियतापछि एक ढिक्का भएका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट राजसंस्था पुनःस्थापनाका लागि निर्णायक र गद्दीमा नबसाल्दासम्म अनवरत आन्दोलन सुरु गर्ने घोषणा गरिसकेको छ । राप्रपा र राप्रपा नेपालसहित सबै राजावादी शक्तिहरू मिलेर पहिलो पटक एकीकृत आन्दोलन गर्न लागेको समितिले राजालाई गद्दीमा नबसाल्दासम्म आन्दोलन नरोकिने दाबी गरेको छ । तर, यता राजावादीहरू जति आक्रामक हुन्छन् त्यो भन्दा बढी गणतन्त्रवादीहरूले बोली र व्यवहारबाट काउण्टर दिइरहेका छन् । राजा, हिन्दू धर्म मान्छु, सङ्घीयता खारेजी जस्ता विचार बोकेकै कारण सरकारले प्रताडित गरिरहेको आरोप राजावादीको छ । सरकारले नेपालको संविधानको निरन्तर उल्लङ्घन गर्दै आस्थाका बन्दीहरूलाई विचारकै कारण निषेधको राजनीति गर्ने हो भने विद्रोहमा जाने र त्यो बाटो जंगल पस्ने अवस्था सम्म हुन सक्ने चेतावनी दिन थालेका छन् ।

राप्रपका महामन्त्री तथा सांसद धवलशम्शेर राणा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतका केही नेताहरू रिहा भए पनि अझै राजातन्त्रप्रति आस्था राख्ने वा राप्रपासँग आबद्ध नेताहरूको धरपकड जारी नै छ । गत आइतबार शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको प्रहरीले शुक्रबार फेरि राप्रपा सम्बद्ध प्रजातान्त्रिक युवा सङ्गठनका केन्द्रीय अध्यक्षलाई नियन्त्रणमा लिँदा राजसंस्थाप्रति आस्था राखेकै आधारमा खोरमा राखेको पार्टीका नेताहरूले आरोप लगाउने गरेका छन् ।

(बाकी सामाग्री भिडियोसहित)