काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
त्यसअघि शिक्षामन्त्री रघुजी पन्तले उक्त विधेयकमाथि छलफल गरियोस भनी प्रस्ताव गर्नुहुने छ । यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयकदफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यसूची छ ।
प्रतिक्रिया