भीषण हावाहुरीका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन ।
हावाहुरीका कारण घर र सवारीसाधनमासमेत क्षति पुगेको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार मृत्यु हुनेमा कपिलवस्तुकी १४ वर्षीया शुकना केवट, बाराकी ५४ वर्षीया रम्भा देवी धानुक, नवलपरासी पश्चिमकी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुन रहेका छन् ।
हावाहुरीका कारण ६ वटा घरमा क्षति पुगेको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार हावाहुरीले १ अर्ब ८ करोड ४४ लाख ५ सय रुपैयाँ बराबरको क्षति पु¥याएको छ ।।
प्रतिक्रिया