Breaking

बस्नेत र राई पक्राउ परेको कुरालाई ठूलो अर्थमा नलिनूस्ः देउवा


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेकाछन् ।

आज बानेश्वरमा बसेको संसदीय दलको बैठकले निलम्वित सांसदद्वय राई र बस्नेत पक्राउ पर्नुभएको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरे ।

बैठकमा सभापति देउवाले राख्नुभएको धारणा उद्धृत गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले घिमिरे र बस्नेत पक्राउ परेकोबारेमा सांसदहरुले आवाज उठाउनुभएको र सभापति देउवाले जवाफ दिनुभएको बताए ।

माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने बारेमा कुनै एजेण्डा नरहेको स्पष्ट पार्नुभयो । काँग्रेसले सरकार परिवर्तनको बारेमा कुनै सोच नराखेको पनि बताए ।