काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनशायले पार्टी भित्रकै नेताहरु सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताए ।
आज मदन–आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले पार्टी एकीकरणबाट नेकपा बनाएपछि पार्टीभित्रकै नेताहरु पार्टीलाई विभाजित गर्न लागेको उहाँले आरोप लगाए । ७४–०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत पार्टी बनाएको तर केही स्वार्थ बोकेकाहरुबाट बचाउन नसकेको बताए ।
नेकपा –एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै अरुकै निम्ति काम गरेर पार्टीभित्र अन्तरविद्रोह पैदा गर्ने काम गरेको बताए । ओलीले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताए ।
प्रतिक्रिया