अन्तर्राष्ट्रिय

ट्रम्पको मध्यपूर्व दौडाहा, हतियार व्यापारदेखि हवाई जहाज उपहारसम्म


अमेरिकाकी राष्ट्रपतिले आफ्नो चार दिने खाडी मुलुकको भ्रमण सकाएका छन् । मंगलबार साउदी पुगेका उनी शुक्रबार संयुक्त अरब इमिरेट्स् युएई हुँदै फर्किएका छन् । यसबीचमा ट्रम्पले खाडी मुलुकहरुसँग केही महत्वपूर्ण सम्झौता गरेका छन् ।

खाडी मुलुहरुसँग केही रणनीतिक र महत्वपूर्ण सम्झौता गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वदेश फर्किएका छन् । मङ्गलबार साउदी हुँदै भ्रमण सुरु गरेका उनले संयुक्त अरम इमिरेट्स युएई हुँदै यात्रा टुंग्याएका हुन् । यसबीचमा अमेरिका र साउदी अरेबियाबीच१४२ अर्ब डलरको हतियार सम्झौतामा हस्ताक्षर भयो । जसलाई ह्वाइट हाउसले ‘इतिहासकै सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता’ भनेको छ । यो सम्झौता डोनाल्ड ट्रम्पको खाडी राष्ट्रहरूको चार दिने कूटनीतिक भ्रमणको पहिलो चरणमा भएको हो ।

त्यस्तै ट्रम्पले साउदी अरबमा सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शारासँग भेटघाट गरे । यही भेटमा सिरियाको इस्लामवादी नेतृत्वको सरकारमाथि लगाइएका सबै प्रतिबन्धहरू हटाउने आश्चर्यजनक घोषणा भयो । सिरिया, जो एक दशकभन्दा लामो गृहयुद्धबाट गुज्रिएको छ र अहिले पुनर्निर्माणको चरणमा छ ।

ट्रम्पको यस निर्णयलाई सिरियाका परराष्ट्रमन्त्री असद हसन अल–शबानीले देशको पुनर्निर्माणतर्फको यात्रामा एक नयाँ सुरुआतको रूपमा व्याख्या गरेका छन् । पछिल्लो २५ वर्षमा अमेरिका र सिरियाका शीर्ष नेताको भेट भएको यो पहिलो पटक हो । खाडी मुलुकै भ्रमणका क्रममा बुधबार कतारको राजधानी दोहा पुगे । डोनाल्ड ट्रम्पलाई बोकेको विमान दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ट्रम्पलाई जमिनमा मात्रै हैन आकासमा पनि कतारले सुरक्षा दिएको दृश्यले यतिले चर्चा पाएको छ ।

ट्रम्पलाई सातवटा एयरफोर्स विमानले आकासमा सुरक्षा दिएका थिए । ट्रम्प २१ औं शताब्दीमा कतारको भ्रमण गर्ने दोस्रो अमेरिकी राष्ट्रपति हुन् । यसअघि सन् २००३ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले कतारको भ्रमण गरेका थिए । कतार भ्रमणको क्रममा अमेरिकी ट्रम्प र कतारका अमिर शेख तामिन बिन हमद अल–थानीबिच बुधबार दोहामा १२ खर्ब डलर बराबरको छुट्टाछुट्टै सम्झौताहरूमा हस्ताक्षर भएका छन् । ह्वाइट हाउसका अनुसार यसमा दुई देशबिच २४३ अर्ब डलरको वित्तीय सम्झौता पनि समावेश छ ।

यस्तै ट्रम्पले युएईसँग १.४ खर्ब डलरको एआई सम्झौतामा समेत हस्ताक्षर गरेका छन् । यसलाई पनि ऐतिहासिक सम्झौता मानिएको छ । मध्यपूर्वमा अशान्ती छाइरहेको अवस्थामा ट्रम्प खाडी देशहरुलाई रिझाउन लागिपरेका छन् । यसरी खाडीमा ट्रम्पको भब्य स्वागत र बिदाई र इतिहासकै ठुलो हतियार सम्झौताले इजरायलको भनाई के आउला ? दिनानुदिन निर्दोष गाजाका जनतामाथी इजरायलले बम वर्षा गरिरहेको छ । पाकिस्तान–भारत युद्ध अन्त्य गरेको दावी गरेका ट्रम्पले इजरायल–गाजा र रुस–युक्रेन युद्ध कसरी अन्त्य गर्लान् त्यो भने हेर्न बाँकी छ ।