मिर्गौला प्रत्यारोपण गरेका एकजना नेपालीले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । मृर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरी आधार शिविर फर्केका छन् ।
गत बुधबार बिहान ९ बजेर ३० मिनेट जाँदा सगरमाथाको शिखरमा पुग्न सफल भएका शेर्पा आरोहणका लागि १ महिना अघि सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गरेका थिए। उनको आरोहण अभियानको ब्यवस्थापन हाई माउण्टेन ट्रेक्स कम्पनीले गरेको थियो।
जापानमा ७ वर्ष काम गरी पत्नीलाई भेटन नेपाल आउने क्रममा आरोही पेम्बा शेर्पाको मृर्गौलामा समस्या देखिएको थियो।२ वटै मिर्गौलाले काम नगरेपछि उनलाई प्रत्यारोपणका लागि आफ्नै बाबुले मिर्गौला दान दिएका थिए।
यसका लागि उनले लामो समय उपचार गराएका थिए। उनले करिब ३० महिना अबधिमा नयाँ जीवन पाएका थिए। मिर्गौला प्रत्यारोपण गरेको २४ महिना पछि सन २०२४ को मार्च २२ तारिखमा उनले ६ हजार १ सय ९९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरेका थिए।
‘मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण अभियान २०८१’मृगौला प्रत्यारोपणपछि पाएको जीवनलाई सार्थक बनाउन तथा सिंङ्गो मानवजगतलाई प्रेरणादायी सन्देश दिन संचालन गरिएको आरोही पेम्बा शेर्पाले बताएका छन्।मृर्गौला प्रत्यारोपणपछि हरेक व्यक्ति अन्य साधारण व्यक्ति जस्तै सबै काम गर्न सक्षम हुने उनी बताउँछन् ।
उनको जन्म २०४५ साल चैत्र ६ गते सोलुखुम्बुको माप्य दुधकोशी गाँउपालिका वडा नम्बर ७ सोलाबनमा भएको थियो। अन्य स्वस्थ्य व्यक्ति जस्तै मिर्गौला प्रत्यारोपण गरेर सगरमाथा आरोहण गरेका शेर्पालाई बधाई दिएका छन् । शेर्पा आरोहीहरु मध्ये सबैभन्दा बढी उमेरमा सगरमाथाका साथै सेभेट समिट आरोहण गरेका ल्हाक्पा सोनाम शेर्पाले आरोही शेर्पालाई बधाई ज्ञापन गरेका छन्।
प्रतिक्रिया