शिक्षा

बुद्ध जयन्तीको अवसरमा विद्यार्थीलाई दिवा भोजन सेवा प्रदान


काठमाडौं – २५६९ औं बुद्ध जयन्तीको अवसरमा तामाङ समाज यु.ए.ई. अबुधाबी क्षेत्रीय समितिले काठमाडौंको सुन्दरीजलस्थित निङमा पाल्युल बौद्ध आधारभूत विद्यालयका विद्यार्थीहरूलाई दिवा भोजन सेवा प्रदान गरेको छ।

उक्त अवसरमा करिब ३५ जना विद्यार्थीहरूलाई भोजन सेवा दिइएको थियो। कार्यक्रम तामाङ समाज यु.ए.ई. अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष श्री लावाङ दोङको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमको समन्वय नेपालस्थित सञ्चारकर्मी तारा ब्लोन तामाङले गर्नुभएको थियो। विद्यालय परिवारले यस्ता सामाजिक कार्यमार्फत विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थपिएको बताउँदै कार्यक्रम आयोजकप्रति आभार व्यक्त गरेको छ । आयोजकले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर रुपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।