काठमाडौं—परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुले असाधारण तनावको सामना गरिरहेको बताएकी छन् । काठमाडौंमा शुक्रबारदेखि सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा बौल्दै उनले हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको र सहस्राब्दीयौंपछि बनेका संरचनाहरू आँखामै मौन रूपमा हराउँदै गएको बताइन्
उनले नेपालका लागि हिमालय सांस्कृतिक सम्पदा मात्र नभइ राष्ट्रिय गौरव र पहिचानको मेरुदण्ड भएको भन्दै यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय तहमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच गहिरो सहकार्य हुनुपर्ने बताएकी छन् ।
नेपालले पेरिस सम्झौताअनुसार, कार्वन उत्सर्जन घटाउने, स्थानीय समाधानहरू अपनाउने काम गरिरहेको भन्दै उनले नेपालले २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य लिएको समेत बताइन्।
जलवायु परिवर्तन वैश्विक संकट भएको भन्दै उनले यसका लागि न्यायपूर्ण वैश्विक गठबन्धनको आवश्यकता रहेको समेत उनले बताइन् ।
प्रतिक्रिया