काठमाडौं—राजमार्गकेन्द्रित अभियान गरिरहेको माओवादी केन्द्रले आजबाटबाट पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू गरेको छ । बैतडीको पाटनबाट सुरु अभियान जेठभित्रै सक्ने माओवादीको तयारी छ । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरू अभियानमा सहभागी छन् ।
अभियानका क्रममा नागरिकसँग संवादमा जोड दिने, स्थानीय समस्याहरू सुन्ने नेताहरूले दाबी गरेका छन् । १ हजार ७६७ किलोमिटर लामो मध्यपहाडी राजमार्गकेन्द्रित अभियान जेठ महिनाभरमा पूरा गर्ने माओवादी उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिनुभयो ।
यसअघि माओवादी केन्द्रले तराई÷मधेश हुलाकी राजमार्गकेन्द्रित अभियान गरेको थियो । उक्त अभियान फागुन १२ गते सुरू भएर वैशाख १७ गते समापन भएको थियो ।
प्रतिक्रिया