काठमाडौं—नक्कली भुटानी शरणार्थी प्रकरणपछि उच्च तहका नेता जोडिएको टेरामक्स खरिद प्रकरणमा सत्तारुढ नेतालाई नै कानुनी कठघरमा उभ्याइएको छ ।
व्यक्तिका कल रेकर्ड सुन्न सकिने टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुुद्दा दायर भएको छ ।
अर्बौँ भ्रष्टाचार मुद्दामा मुछिँदापनि कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजुको निकट भएकै कारण स्वास्थ्यमन्त्री बनेका बेला उनी झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएको विषयले चर्चा पाएको थियो ।
अख्तियारले एक वर्ष अघि नै अनुस्न्धान सके पनि सत्ताको आडमा मुद्दा दर्ता गर्न ढिलाई भएको थियो । अहिले उनी कांग्रेसको आन्तरिक समीकरणमा देउवाको साथ छोड्ने मनशायमा रहेकै बेला मुद्दा दर्ता भएको हो ।
प्रतिक्रिया