काठमाडौं—रुस र युक्रेनबीच तीन वर्षपछि पहिलोपटक प्रत्यक्ष वार्ता सुरु भएको छ। टुर्कीमा आयोजित वार्तामा युद्धविराम र शान्तिको विषयमा छलफल भएको छ ।
युक्रेनले ३० दिने युद्धविरामको प्रस्ताव स्वीकार गरेको छ । तर युक्रेनले रुस शान्तिको पक्षमा गम्भीर नभएको आरोप लगाएको छ । रुसी राष्ट्रपति पुटिन वार्तामा सहभागी नभएर सहायकलाई पठाएपछि युक्रेनले आरोप लगाएको हो ।
रुसी राष्ट्रपति पुटिन सहभागी नभएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्तालाई नाटकको संज्ञा दिएका छन् । रुस–युक्रेनबीच दीर्घकालीन समाधान अझै अनिश्चित देखिएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन र आफू नबसी वार्ता सफल नहुने बताएका छन् ।
प्रतिक्रिया