काठमाडौं—प्रतिनिधि सभा सदस्य मोहन बस्नेतको पद निलम्बन भएको सूचना संसद्मा सुनाइएको छ । बिहीबार प्रवितनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यस्तो सूचना सुनाएका हुन् ।
टेरामक्स खरिद गर्दा भ्रष्टाचार भएको र त्यसमा संलग्न रहेको भनेर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । यही सूचना संसद् सचिवालय पुगेको थियो ।
सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार बस्नेत स्वतः निलम्बनमा परेका हुन् ।
प्रतिक्रिया