Breaking

रवि लामिछानेविरुद्ध किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पारेको रास्वपाको दाबी


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पारेको दाबी गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सांसद सोविता गौतमले सभापति लामिछानेको मुद्दामा आजभोलि जाहेरीकर्ता बनाइएकाहरूले सार्वजनिक रूपमा नै आफूहरूले कुनै किटानी जाहेरी दिएको बताउन थालेको बताइन्।

सांसद गौतमले सत्ता र शक्ति राजनीतिक प्रतिशोधनको साधन बन्नु संस्थागत भ्रष्टाचारको चरम रुप रहेको टिप्पणी गरेकी छिन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको दोहो¥याउँदै उनले यस्तो प्रवृत्तिलाई इतिहासले धिक्कार गर्ने उनले बताइन् । उनले सरकारले सभापति लामिछानेविरुद्ध चालेको आफ्नो कदम सच्याउन पनि आग्रह गरेकी छिन् ।

सांसद गौतमले पछिल्लो समय दैनिकजसो सहकारी प्रकरणका जाहेरीकर्ताहरूले सार्वजनिक रुपमा नै आफूले जाहेरी नदिएको, थाहै नदिइ अभियोगपत्रमा नाम लेखिएको, किटानी उजुरी नै नहालेको मान्छेलाई उजुरीकर्ता बनाइयो भन्दै प्रश्न उठेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

शक्तिको दुरुपयोग आफैंमा संविधानविपरीतको कार्य भएको बताउँदै उनले सत्ता र शक्तिलाई राजनीतिक प्रतिशोधको साधन नबनाउन आग्रह गरेकी हुन् ।