कांग्रेस–एमाले मिलेर सरकार बनेको १० महिना पूरा भएको छ । सुरुमा निर्देशनको ओइरो लगाएका प्रधानमन्त्री केपी शर्मा ओलीले केही आशा देखाए । तर, अहिले प्रधानमन्त्रीसहितका मन्त्री असफल देखिएका छन् । कांग्रेसका अधिकांश मन्त्री त गुमनामजस्तै बनेका छन् ।
सत्तामा ठूलो भाग खाएको नेपाली कांग्रेस कहाँ छ । सरकार बनेको ६ महिनासम्म सबैजसो नेताले सरकारको अपनत्व लिएका थिए । तर, अहिले सरकार बनेको १० महिना बित्दा अवस्था ठ्याक्कै बदलिएको छ । कांग्रेस एमालेको समीकरण ओली–देउवा समीकरणमा परिणत भएको छ भने सरकारको प्रशंसा गर्ने ठूलो तप्का सरकारको विरोधमा स्वर खर्चिरहेको छ । अहिले कांग्रेसको काम प्रधानमन्त्रीसँग भाग माग्नमा मात्र केन्द्रित छ । नतिजा माग्नमा ध्यान छैन । चर्चामा आएका मन्त्री पनि गुमनाम बनेका छन् । काम गरेर ठूलै चर्चा कमाएका मन्त्री पनि अहिले गुमनाम बनेका छन् ।
सरकार बनेलगत्तै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सबैभन्दा बढी चर्चामा आएकी थिइन् । देशभन्दा बढी विदेशमा बस्ने र ओलीभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर चर्चामा आएकी आरजु पछिल्लो पटक आफ्ना धेरैजसो प्रयासमा असफल बनेकी छिन् । पछिल्लो समय भने उनी सगरमाथा संवादको तयारीमा छिन् । जलवायू परिवर्तनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने एतिहासिक ‘सगरमाथा संवाद’लाई सफल मात्र होइन परिणाममुखी बनाउने चुनौतीमा उनी छिन् ।
सरकार बनेयता चर्चामा रहेका अर्का मन्त्री हुन गृहमन्त्री रमेश लेखक । त्यसअघि संसद र सहकारी प्रकरणमा उनको सक्रियताले प्रशंसा बटुलेका थिए । त्यसकैकारण मन्त्री पद पनि उपहार पाए । तर, रवि थुनेपछि उनी पनि गुमनामजस्तै बनेका छन् । तीनकुने घटना, रेशम चौधरी पक्राउ, रवि लामिछाने पक्राउ लगायत धेरै घटना रेखक मन्त्री भएकै समयमा विवादित बने । पछिल्लो समय भने लेखक औपचाकि कार्यक्रममा सहभागी भएर दिन कटाइरहेका छन् ।
यो सरकारका चर्चित र अर्का विवादित कांग्रेसका नेता हुन् उर्जामन्त्री दीपक खड्का । उसको सबैभन्दा ठूलो उपलब्धी नै कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट र उनको समर्थन गर्ने उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई हटाउनु थियो । त्यसबाहेक विद्युतको बाँकी वक्यौता कसरी उठाउँछन् ? लोडसेडिङ भइरहेका समय भारतका उर्जामन्त्री नेपाल आए तर भारतले रोकेको बिजुली आएको छैन ।
यसबारे उनले गरेका प्रयास नतिजामुखी देखिएका छैनन् केही सकारात्मक सुरुवात गरेका अर्क मन्त्री हुन् स्वास्थ्यमन्त्री प्रदीप पौडेल । तर, उनलाई पनि पछिल्लो एक महिनादेखि चिकित्सकहरुको आन्दोलनले उनलाई पनि अन्य काममा देख्न पाइएको छैन । चिकित्सक आन्दोलन नै उनलाई भारी परिरहेको छ ।
कृषिमन्त्री रामनाथ अधिकारी सुरुवातदेखि जुन गतिमा थिए त्यही गतिमा छन् । कुनै ठूलै काम गरिहालेका पनि छैनन् । बिगारिहालेका पनि छैनन् । कानुनमनत्री अजय चौरसिया केही सत्रिय नै देखिएका छन् । कानुन बनाउने अभिभारा पाएका उनले मन्त्रीपरषद् कार्यालको कार्यसम्पादनमा सबैभन्दा बढी अंक पाएका थिए ।
बद्री पाण्डे पर्यटनमन्त्री जो मन्त्री बनेकै दिनदेखि चुनौती र आलोचनाको बीचमा रहे । अहिले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा भ्रष्टाचारका विषय सार्वजनिक भइरहेका छन् । त्यहाभन्दा बढी भ्रष्टाचार गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा भएको दाबीसहितका विषय आइरहेका छन् । यसतर्फ मन्त्रीको ध्यान गएको छैन ।
खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्री बनेकै दिनदेखि गुमाएको तेज अझै फिर्ता ल्याउन सकेका छैनन् । एन्फामा द्वन्द्व देखिँदा उनी मुकदर्शक बनेका छन् । १० औँ राष्ट्रिय खेलकुद पटकपटक सारिसकेका छन् । राखेप त्यस्तै लथालिङ्ग अवस्थामा छ । ओलम्पिक कमिटीमा बिबाद निम्त्याएको भन्दै चैत ७ गते उनको राजीनामा माग्दै आफ्नै कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।
उर्ज राजयमन्त्रीमा कांग्रेसका खमबहादुर गबुजा बैशा १७ गते मात्र नियुक्त भएका छन् । उनले काम देखाउने कुरै भएन । सरकारमा अहिले कांग्रेसका राज्यमन्त्रीसहित १२ मन्त्री सहभागी छन् । कांग्रेसले पटक–पटक बोलाएर प्रधानमन्त्रीबाट असहयोग भए सहयोग माग्न तर काम देखाउन निर्देशन दिएको थियो । तर, नतिजा देखाउने जाँगर प्रधानान्त्रीलाई नै नदेखिएपछि मन्त्रीमा चल्ने कुरै भएन ।
प्रतिक्रिया