काठमाडौं—देशभरका ३९ भन्दा बढी द्वन्द्वपीडित संघ–संस्था तथा सञ्जालहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन्। प्रधानमन्त्रीलाई पत्र बुझाउदै संक्रमणकालीन न्याय सम्बन्धी आयोगका पदाधिकारी चयन प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएका छन् ।
पत्रमा उनीहरूले हालको छनौट प्रक्रिया अपारदर्शी, अविश्वसनीय र पीडितमैत्री नभएको भन्दै प्रधानमन्त्रीलाई पीडितको तर्फबाट नागरिक आयोग बनाउन बाध्य नबनाउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई भेटेरै पत्र दिन चाहे पनि भेट सम्भव नभएपछि खुला पत्र पठाइएको डा. राम भण्डारीले जानकारी दिनुभएको हो । राजनीतिक भागबन्डाका आधारमा आयोगमा पदाधिकारी नियुक्ति भएमा त्यसप्रति पीडितको कुनै अपनत्व नरहने पीडितहरूले बताएकाछन् ।
प्रतिक्रिया