काठमाडौं—प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैह्र आवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गैह्र आवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले गैह्र आवासीय नेपाली संगठनलाई विधिसम्मत रुपमा चल्न पनि आग्रह गरे ।
अहिलेको विश्व विधिको भएकाले विधि तोडेर अगाडि जानेकुरा स्वेच्छाचारिता हुने जिकिर गरे । उनले गैह्र आवासीय नेपाली संगठनलाई राजनीतिक दलहरुका जनवर्गीय संगठन बन्नबाट बचाउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले गैह्र आवासीय नेपाली संगठनलाई कसैको स्वार्थका लागि प्रयोग हुनबाट बँचाएर देशको हितमा काम गर्ने बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया