राजनीति

पाकिस्तानले भारत धम्काउँदा नेपाललाई फाइदा !


भारत र पाकिस्तानबीच यद्धविराम भइसकेको छ । युद्ध प्रविधि र प्रतिरक्षा प्रणालीमा मारेको फड्कोसँगै यसले निम्त्याएको क्षेत्रिय एवंम भु–राजनीतिक प्रभावहरुको विश्लेषण जारी छ । चार दिनसम्म चलेको युद्ध र त्यस समयमा नपालको भूूमिका तथा भविष्यमा नेपाल–भारत सम्बन्धमा कस्तो प्रभाव पार्ला भन्ने चासो बढेको छ ।

भारत र पाकिस्तानबीचको हतियार युद्ध अन्त्य भए पनि शीतयुद्ध जारी छ । दुई छिमेकी द्वन्द्वमा रहँदा नजिकको छिमेकी नेपालको भूमिकाको विश्लेषण नहुने कुरै भएन । २३ अप्रिपलमा भारतको पहलगाममा अतंकवादी समूहले बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको हत्या गरे । भारत र पाकिस्तान तनाव बढ्दै जाँदा ठिक ६ दिनपछि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले तीन दिनमा १९ नेता भेटेर समर्थन जुटाए । पाकिस्तानमा आक्रमण गरेको भोलिपल्टै भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुका साथै सबै नेताको कोठा कोठा धाउन थाले ।

भारतको अपरेसन सिन्दुरलाई लिएर राजनीतिक दल र सरकार बुधवार दिनभर मौन बसे पनि नेताहरु कोहि भारतको पक्षमा त कोही पाकिस्तानमा पक्षमा वकालत गर्न उदत्त थिए । सार्क अध्यक्ष राष्ट्र नेपाल दुई सार्क मुलुक भीड्दा मध्यस्ता गर्नु पर्ने आवज उठेका बेला विहिवार राति विज्ञप्ती मार्फत भारतको पक्षमा आयो । आतंकवाद विरुद्धको लडाईमा सबैसँग मिलेर उभिने स्पष्ट पारिएको थियो । जसलाई नेपाल भारतका पक्षमा उभिएको भन्दै ब्याख्या गरियो । मे १० मा युद्धविराम सहमति भएको दुई दिनपछि प्रधानमन्त्री ओलीले आफ्नै आग्रहमा युद्ध रोकिएको भन्न भ्याएका छन् । प्रधानमन्त्री ओलीले गफ मात्र दिए वा भित्रि रुपमा समकक्षीहरुसँग यस विषयमाा संवाद गरे प्रधानमन्त्री स्वंमले जानुन् । तर, दुई मुलुकबीचको द्धन्दमा नेपालको भूमिका हुनुपर्नेजति नभएको विज्ञहरु बताउँछन् ।

तर, नेपालले जारी गरेको विज्ञप्ति र यसबीचमा देखाएको मौनताले नेपाल भारत–सम्बन्धमा आइसब्रेक हुनसक्ने आंकलन भइरहेको छ । पछिल्लो समय उसैपनि नेपाललाई हेर्ने भारतीय दृष्टिकोण कमजोर रहेका बेला ओलीसँगको सम्बन्धका कारण झनै चिसिएको चर्चा भइरहेको थियो । भारत भ्रमणको निम्तो नपाएपछि ओली गरेको चीन भ्रमण, त्यसक्रममा बीआरआई सम्झौता गरेपनि भारत रिसाएको लगायत कारण ओलीले निम्तो पाउन सकेका थिएनन् ।

मोदी र ओलीबीच अमेरिका र बैंककमा दुईपटक साइडलाइन वार्ता तथा भारत निकट ने मानिने परराष्ट्रमन्त्री डा. आरजु राणाको सक्रियताले समेत ओलीको भारत भ्रमण हुन सकिरहेको थिएन । युद्धका क्रममा नेपालको भूमिकाले नेपाल–भारत सम्बन्धलाई केही सुमधुर बनाउन सक्ने अन्र्तराष्ट्रिय मामिलाका जानकारहरु बताउँछन् । प्रधानमन्त्री ओली र समकक्षी मोदीको सम्बन्धमा समेत सुुधार आउनसक्ने देखिन्छ ।

भारत र पाकिस्तानबीचको शत्रुता समाधान सहज छैन । काश्मिर विवादको समाधान र आपसी विश्वासको अभावले यो तनाव तत्काल कम हुने सम्भावना पनि न्यून छ । क्षेत्रीय शक्ति सन्तुलन र बाह्य प्रभावहरूले यो द्वन्द्वलाई थप जटिल मात्र बनाको छैन भूराजनीतिक माहोल नै बदलिएको टिप्प्णी समेत भइरहेको छ । भारतका छिमेकी पाकिस्तान, र चीनसँग राम्रो सम्बन्ध छैन । बंगलादेश पनि अहिले चीनको कित्तामा खुलेको भारतको विरोध नै गरिरहेको छ । यस्तो अवस्थामा विश्व मञ्चमा समेत भारतको पक्षमा छिमेकी देखाउन नेपालसँगको सम्बन्ध सुधार आवश्यक भइरकेको छ । मोदी नरिझाई सत्ता सफल नहुने बुझेका नेपाली सत्तारुढ नेता र नेपाल नरिझाई नहुने अवस्था पुुगेका मोदीको समीकरण अब भने मिल्नसक्ने सम्भावना केही बढेको देखिन्छ ।