Uncategorized

युद्ध रोकेको ओलीको फुर्ती, फोनसम्म गरेका थिएनन्


भारत–पाकिस्तान युद्धका बेला विज्ञप्ति निकाल्नुबाहेक कुनै काम नगरेको सरकार युद्धविरामको जस लिन अघि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रयासपछि शान्ति कायम भएको दाबी गरेका छन् । नेपाललाई मध्यस्तता गर्ने ठूलो थियो । तर, अमेरिका अघि सर्दा नेपालले भने टेलिफोन सम्पर्क समेत गरेको थिएन ।

भारत र पाकिस्तानको युद्ध कसरी रोकियो ? धेरैलाई लाग्न सक्छ– अमेरिकाका कारण तर त्यसो बेल्कुल होइन । एकैछिन यो हेर्नुहोस् त ।

प्रधानमन्त्री केपी शर्मा ओली भन्दैछन्– भारत पाकिस्तानलाई हामीले संयमित हुन भनेपछि युद्ध रोकिएको हो । युद्ध अन्त्य गरेको दाबी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुखै फोरेर युद्ध रोक्यौँ भन्न सकेका छैनन् । उनले उक्समा लेखेका मात्र हुन् । जबकी अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोेले ४८ घण्टासम्म भारत र पाकिस्तानसँग संवाद गरेका थिए । तर, एक कल फोनसमेत गर्न नसकेका प्रधानमन्त्री ओलीले कुनै लज्जाबोध नराखी भनिदिए– युद्ध हामिले रोकेका हौँ । एकपटक फेरि सुन्नुहोस् त ।

ओलीले भनेजस्तो भारत र पाकिस्तानबीच शान्ति कायम गर्नका लागि नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्थ्यो । तर, त्यसमा नेपाल नराम्ररी चुकेको छ । भारतले अपरेसन सिन्दूर चलाएको २४ घण्टापछि नेपालले बल्ल विज्ञप्ति निकाल्यो । नेपालको हपहल विज्ञप्तीभन्दा पर हुन सकेन । तर, प्रधानमन्त्रीदेखि परराष्ट्रमन्ीस्तरमा टेलिफोन गर्ने र शान्ति स्थापनाका लागि नेपालले सबैभन्दा ठूलो प्रयास गर्नसक्थ्यो । कुराकानी त परै जावास्, प्रधानमन्त्रसी ओलीको सामाजिक सञ्जाल हेर्दा मे सातदेखि १० गतेसम्मको समयमा भारतीय आक्रमण वा प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गरिएको कुनै पोष्ट् समेत छैनन् ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समेत यसबारे पहल नगरेको देखिन्छ । यो बीचमा उनले अप्ठ्यारो परे दूतावास गुहार्न नेपालीहरुलाई आग्रह गर्नुबाहेक कुनै पहल गरेको देखिन्न । नत्र आरजुले आफ्ना समकक्षी यस जयशंकरलाई टेलिलोन गर्न सक्थिन । मोदीसँगै भेटेर ओलीको मनमा चिसो पसाईदिने आरजुले मोदीसँगै संवालको प्रयत्न गर्न सक्थिन् । त्यो प्रयास स्वयं ओलीले पनि गर्न सक्थे । प्रधानमन्त्री ओली र मोदीबीच बैशाख १० यता कुनैपनि टेलिफोन वार्ता नै भएका छैनन् ।

पहलगामको हमलामा एक नेपालीसहित २६ जनाको मृत्य भएपछि ओली र मोदीबीच १० गते टेलिफोन संवाद भएको थियो । सो क्रममा ओलीले अपराधीलाई कठघरामा ल्याउन प्रतिबद्ध रहेको बताएका थिए । ओलीले दुई छिमेकी भिडिरहेका बेला मोदी र पाकिस्तानी प्रधानमन्त्री शेरबाज शरिफसँग टेलिफोन गर्न सक्नुपर्ने हो । त्यसैमार्फत शान्ति स्थापनाका लागि पहल गर्न सक्नुपर्ने हो । तर, तीस भन्दा बढी देशले भारत र पाकिस्तानसँग टेलिफोन संवाद गर्दा नेपालले त्यो समेत गर्न सकेन । नेपाललाई त मध्यस्तता गर्न अर्को ठूलो अवसर थियो ।

किनकी बैशाख १६ गतेदेखि नै विजय चौथाईवाले भारतको पक्षमा उभिन भन्दै सबै नेता भेटेका थिए । राजदूत नवीन श्रीवास्तवले भेटेकै समयमा मध्यस्तताको सुरुवात गर्न सकिन्थ्यो । नेपालले अहिले सार्क संगठनको अध्यक्षता गरिरहेको छ । भारतलाई आवश्यक पर्दा भर्चुअल माध्यमबाट समेत सार्कको बैठक बसेको थियो । अहिले पनि नेपालले भारतलाई बैठकमार्mत शान्ति स्थापनाका लागि पहल गर्न सक्थ्यो । मान्ने नमान्ने बेग्लै कुरा हो तर, त्यसका लागि नेपालले प्रयाससमेत नगर्दा भारत–पाकिस्तानमा शान्ति स्थापना गर्न अमेरिका अघि सर्नुप¥यो ।

नेपाल विज्ञप्ति निकालेर मस्त निद्रामा सुतेका बेला चीन, अमेरिका, इरान, साउँदी अरव, फ्रान्स, बेलायत, रुस, इजरायल लगायतदेशले हतियार दिनेदेखि हौसला दिने र यद्ध रोक्ने प्रयासमा धेरै देश लागे । तर, नेपालले कुनै प्रयास गरेन ।

हुन त २०७४ सालतिर माधव नेपालले भनेका थिए–उत्तर र दक्षिण कोरिया र अमेरिकाका राष्ट्रपतिको वार्तामा पनि मेरै भूमिका थियो ।

बरु त्यसबेला माधव किम जोङ उनसँगको सम्बन्ध नजिक थियो । वार्ताका लागि आग्रह गरेकोसम्म माधवका गफ पत्याउन सकिन्छ । तर, ओलीको अभिव्यक्तिमा कुनै तर्क ा आधार छैन ।
नेपाल शान्तिको पक्षधर हुनु तथा भारत र पाकिस्तान दुबै देशसँग नजिकको सम्बन्ध रहेका कारण ओलीले गफ दिएको विषय साँच्चै गर्व गर्नलायक हुुनसक्थ्यो ।

तर, काम गर्ने बेला ध्यान गएन । अर्कैले युद्ध रोकेपछि अब कामबिना जस लिन र प्रचार गर्न होड चलेको छ । भारत र पाकिस्तानको युद्ध रोक्ने क्षमता राख्ने प्रधानमन्त्री ओली उनै हुुन्–जसले अहिलेसम्म पहलगाम आक्रमणमा मारिएका सुदीप न्यौपानेको परिवारलाई भेट्नसम्म फूर्सद पाएका छैनन् । बरु, भारतीय राजदूतले न्यौपानेको परिवारलाई भेटेका छन् ।

यसअघि प्रकृति लम्साल भारतको उडिसास्थित केआईआईटी इन्स्टीच्यूटमा मारिइन् । उनी मारिँदा मोदी लुम्बिनीमै थिए । तर, करिब दश दिनपछि त्यो पनि महेश बस्नेत त्यहाँ पुगेर उनको परिवारस्ँग टेलिफोन सम्पर्क गराएपछि बन्न शान्त्वना दिने फूर्सद पाएका थिए । तर, एमालेले ओलीकै पहल भन्न कुनै कसर बाँकी राखेन । पाकिस्तान र भारतका दुबै देशका अधिकारीबीच भर्चुअल वार्ताको तयारी छ । अब ओलीकै पहलमा भौतिक रुपमै वार्ता भायो भन्ने समाचार सुन्न मात्र बाँकी छ ।