काठमाडौं—आन्दोलनको सुरुवाती दिनमा शिक्षकहरूको एउटै नारा थियो, कि जितिन्छ, कि बितिन्छ । अर्थात विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक आन्दोलन नछाड्ने अडान थियो । तर, बुधबार सरकारसँग भएको उधारो सहमतिपछि भने आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
आगामी असार १५ गतेसम्मका लागि शिक्षकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । असार १५ गतेभित्र संसदबाट विद्यालय शिक्षा ऐन जारी गर्ने सरकार र शिक्षकबीच सहमति भएको छ । उक्त मितिमा ऐन जारी नभएको खण्डमा अहिलेको भन्दा सशक्त आन्दोलन चर्काउने शिक्षकहरूले चेतावनी दिएका छन् ।
आन्दोलनका क्रममा शिक्षकहरूले एक थान ऐन हातमा नबोकी घर नफर्किने अडान राखेका थिए । तर, अहिले भने ऐनको हकमा उधारो सहमति गरेर फर्किएका छन् ।
प्रतिक्रिया