काठमाडौं—नखाउ भने दिनभरको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार । अहिले यो उखान कसैलाई लागु भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै छ ।
सत्तामा कांग्रेस सभापति शेरबहादुर देउवाको पूर्णसाथ पाएका उनी कांग्रेसकै कारण सकसमा परेपछि यस्तो अवस्था बनेको हो ।
सरकारसँग महामन्त्री गगन थापादेखि नेता डा.शेखर कोइराला र स्वयम् संस्थापनकै एनपी साउद जस्ता नै सन्तुष्ट छैनन् । फलतः उनीहरु प्रतिपक्षीभन्दा चर्को रुपमा सरकारको विरोधमा छन् ।
प्रतिक्रिया