Breaking

राजादेखि गणतन्त्रवादीसम्म अटाउने गरी मौलिक व्यवस्था निर्माण गरौं : राजेन्द्र लिङ्देन


काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक शक्तिहरू अटाउने गरी नयाँ समझदारी गर्नुपर्ने बताएका छन्।

राप्रपाले मंगलबार बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश अब यही अवस्थाबाट अघि बढ्न नसक्ने पनि बताए।

उनले राजादेखि अहिलेका गणतन्त्रवादीहरूसम्म अटाउने गरी मौलिक व्यवस्था निर्माण गरिनुपर्नेमा जोड दिए।