राजनीति

काम गर्ने होईन,प्रचारबाजी गरेर स्थापित हुने प्रतिष्पर्धा गर्न खोज्ने : उर्जामन्त्री


काठमाडौं—उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिष्पर्धा चलिरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानूनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरुबीच होडबाजी चलिरहेको बताए।

उनले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित गर्नको लागि प्रतिष्पर्धा गर्न आग्रह समेत गरे । कर्मचारीहरुले कानून र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले लगाम लगाएर ठिक ठाउँमा ल्याउने चेतावनी समेत दिए ।

सरकारले स्न २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यत्तिल विद्युत खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पु¥याउने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ छ । अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पु¥याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको भनाइ छ ।